
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको छ । अदालतले चल अचल सम्पत्ति रोक्का गर्न माग गरेपछि उनले आफ्नो खातामा रहेको रकम सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआइसी एसिया बैंकमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।
जबरजस्ती करणी मुद्दाका आरोपी लामिछाने भएकाले पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैंक खाता र जग्गा रोक्का गर्न भनिएको हो ।
प्रतिक्रिया दिनुहोस