aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पर्यटन मेलामा जे देखियाे (फाेटाे फिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
पर्यटन मेलामा जे देखियाे (फाेटाे फिचर)

आन्तरिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आजबाट राजधानीको भृकुटिमण्डबमा आन्तरिक पर्यटन मेला (डीटीएम) सुरु भएको  छ । उक्त मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन ।

७७ वटै जिल्लाबाट १११ वटा व्यवसायिक तथा फुड स्टल रहेका छन् । मेलामा  पर्यटन सेवा प्रदायक टे«किङ, ट्राभल, एयरलाइन्स, काठमाडौं तथा मोफसलका होटल, होमस्टे, रिसोर्ट, पर्यटक यातायात, हस्तकलाका सामाग्री, जिपफ्लायर, प्याराग्लाइडिङ, टुरिजम शैक्षिक कलेज, नयाँ पर्यटकीय गतिविधि, केवलकार, सूचना प्रविधि, ७ वटै प्रदेशको विभिन्न स्वादका परिकारयुक्त फुड स्टलहरुको प्रतिनिधित्व रहेको छ । 

आज र भोली दुई दिन आयोजना हुने उक्त मेलाको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने र नयाँ आन्तरिक पर्यटकीय गन्तव्यको खोजि, भएका गन्तव्यको प्रवद्र्धन र विकास गर्ने मेला आयोजक संस्थाका अध्यक्ष शिव अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस