aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रियलमीले युआइ विजेटको–क्रिएसन क्याम्पेन आयोजना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
रियलमीले युआइ विजेटको–क्रिएसन क्याम्पेन आयोजना गर्ने

काठमाडौं । रियलमी ले रियलमी यु आइ विजेट को क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्व साधारण समेत सहभागि हुन सक्नेछन् । 

विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी युआइ विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ । 

साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यु आइ विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्दितिय अवसर प्रदान गर्नेछ । 

यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ । साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस