aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारत र बंगलादेशबीचको टी–२० खेलमा भिडन्त हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
भारत र बंगलादेशबीचको टी–२० खेलमा भिडन्त हुँदै

एजेन्सी । भारत र बंगलादेशबीचको टी–२० विश्वकपको महत्वपूर्ण खेल एडिलेडमा हुँदैछ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । टीम इण्डियाका लागि सर्वाधिक रन विराट कोहलीको ब्याटबाट आएका थिए । उनले ४४ बलमा ६४ रनको इनिङ खेले। योसँगै केएल राहुल पनि फर्ममा फर्किए र ३२ बलमा ५० रन बनाए ।

जवाफमा बंगलादेशले ७ ओभरमा बिना विकेट गुमाएर ६६ रन बनायो । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । अहिलेको लागि वर्षा रोकिएको छ र ग्राउन्ड कर्मचारीहरूले आवरण हटाउने काम गरिरहेका छन्।

वर्षाअघि लिटन दासले धमाकेदार ब्याटिङ गरे । उनले २६ बलमा ५९ रन बनाएका छन् । उनका दुई क्याच पनि छाडिए । दिनेश कार्तिकले यी दुवै क्याच विकेट पछाडि छोडे। यदि खेल सुचारु भएन भने बंगलादेशको टोलीले डकवर्थ लुइस नियम अनुसार खेल जित्नेछ । उसले ७ ओभरमा ४९ रन मात्र जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस