aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पर्वतारोहणबाट साढे ६७ करोड रोयल्टी, धेरै पाउनेमा खुम्बु पासाङ ल्यामु गाउँपालिका

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
पर्वतारोहणबाट साढे ६७ करोड रोयल्टी, धेरै पाउनेमा खुम्बु पासाङ ल्यामु गाउँपालिका

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा पर्वतारोहणबाट कुल ६७ करोड ४७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ ।  आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार उक्त रोयल्टीमध्ये प्रदेश र स्थानीय तहमा १६ करोड ८६ लाख रुपैयाँ बाँडफाँड गरिएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै पर्वतारोहण रोयल्टी पाउने स्थानीय तहमा सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका रहेको छ ।
त्यस्तै संभुवासभाको मकालु गाउँपालिका, सोलुखुम्बको महाकुलुङ गाँउपालिका, सोलुखुम्बुकै सोलु दूधकोशी गाउँपालिका र दोलखाको गौरीशंकर गाउँपालिका पर्वतारोहणबाट बढी रोयल्टी पाउने स्थानीय तह रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस