aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धुलिखेल जिपलाइनमा अब बिदेशीलाई पनि नेपाली सरह शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
धुलिखेल जिपलाइनमा अब बिदेशीलाई पनि नेपाली सरह शुल्क

काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए । 

नेपाली र अन्य सवै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठले बताए । यसअघि क्लासिक (साधारण) जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो । 

यसैगरी टेन्डम (जोडी) जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकः ६० डलर तोकिएको थियो । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जिपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् । 

प्रतिक्रिया दिनुहोस