aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एक हजार पाँच सयलाई परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
एक हजार पाँच सयलाई परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने थोरै रहेका छन् । यस अवधिमा ८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५४८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ७ हजार ५३५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५७७ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस