aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वका सबैभन्दा धनीको निर्णय २४ घण्टा पनि टिकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
विश्वका सबैभन्दा धनीको निर्णय २४ घण्टा पनि टिकेन

एजेन्सी । ५० प्रतिशत कर्मचारीलाई निकालेपछि ट्विटरले केहीलाई फिर्ता गर्न भनेको छ । उनलाई गल्तीले बर्खास्त गरिएको कम्पनीले जनाएको छ । यसबारेमा ब्लूमबर्गले एक रिपोर्ट सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार कम्पनी व्यवस्थापनले केही व्यक्तिलाई हतारमा बर्खास्त गरेको थियो । अब कम्पनीले मस्कको दृष्टिलाई अगाडि बढाउन आवश्यक पर्ने महसुस गरेको छ। यही कारण उनीहरुलाई फिर्ता बोलाइएको हो ।

इलोन मस्कले ट्वीटर किनेर विश्वभरका कर्मचारीहरूलाई निकाल्न थालेका छन् । गत शुक्रबारदेखि कर्मचारी कटौती सुरु भएको हो । ट्विटरका ठ,छण्ण् कर्मचारी मध्ये झन्डै आधालाई बर्खास्त गरिएको छ। ट्विटरमा भारतमा २०० भन्दा बढी कर्मचारीहरू थिए, जसमध्ये झन्डै ९० प्रतिशतलाई हटाइयो। इन्जिनियरिङ, सेल्स, मार्केटिङ र कम्युनिकेसन टोलीलाई हटाइयो।

ट्विटरका कर्मचारीहरूलाई तीन प्रकारका इमेलहरू पठाइएको छ। एउटा इमेल तिनीहरूका लागि हो जसलाई बर्खास्त गरिएको छैन, एउटा इमेल तिनीहरूका लागि हो जसलाई बर्खास्त गरिएको छ भने एउटा इमेल तिनीहरूका लागि हो जसको जागिर अझै लिम्बोमा छ।

इलोन मस्कले अक्टोबर २७ मा ४४ अर्ब डलरको सम्झौतामा ट्विटरलाई अधिग्रहण गरेपछि कम्पनीका चार शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेका थिए। जसमा सीईओ पराग अग्रवाल, वित्त प्रमुख नेड सेगल र कानूनी कार्यकारीहरू विजया गड्डे र सेन एजेट समावेश छन्। यो पछि प्रमुख मार्केटिङ अफिसर लेस्ली बर्ल्यान्ड, मुख्य ग्राहक अधिकारी सारा पर्सनेट र ग्लोबल क्लाइन्ट सोलुसन्सका उपाध्यक्ष जीन(फिलिप माउको बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस