aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एलोन मस्कले भने आगामी महिनामा ट्विटरले धेरै मूर्ख कामहरू गर्नेछ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
एलोन मस्कले भने आगामी महिनामा ट्विटरले धेरै मूर्ख कामहरू गर्नेछ

एजेन्सी । ट्विटरले बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाह, राजनाथ सिंह, राहुल गान्धी र सचिन तेन्दुलकरलगायतका नेताहरूको ह्यान्डलमा आधिकारिक लेबल थपेको छ। तर, केही समयपछि यो लेबल हटाइयो। अब आधिकारिक लेखिएको यी कुनै खातामा देखिँदैन।

त्यसको केही समयपछि ट्विटरका मालिक एलोन मस्कले ट्वीट गर्दै भनेका छन्, ‘कृपया ध्यान दिनुहोस् ट्विटरले आगामी महिनाहरूमा धेरै मूर्ख कामहरू गर्नेछ। धेरै प्रयोगहरू गरिनेछ। हामीले काम गर्ने मात्र राख्नेछौं। नगर्नेलाई प्रतिस्थापन गरिनेछ।’

कम्पनीले निलो टिक भएको खाता र आधिकारिक प्रमाणिकरण खाता बीचको भिन्नता सिर्जना गर्न यो सुविधा ल्याएको हो। ट्विटरका अधिकारी एस्थर क्रफोर्डले ट्वीट गरे, धेरै मानिसहरूले सोधेका छन् कि उनीहरूले नीलो टिक र आधिकारिक रूपमा पुष्टि गरिएका खाताहरू बीच कसरी भिन्नता राख्छन्। यही कारणले गर्दा केही खाताहरूमा ुआधिकारिकु लेबल थपिएको छ। सबै पहिले प्रमाणित खाताहरूले आधिकारिक लेबल पाउने छैनन्।

क्रफोर्डले भने आधिकारिक लेबल दिइने खाताहरूमा सरकारी खाताहरू, व्यापार साझेदारहरू, वाणिज्य कम्पनीहरू, मिडिया आउटलेटहरू र सेलिब्रेटीहरू समावेश छन्। यो आधिकारिक लेबल किन्न सकिँदैन। क्रफोर्डले औंल्याए नयाँ ट्विटर ब्लूमा आईडी प्रमाणीकरण समावेश छैन। यो सशुल्क सदस्यता हो।

प्रतिक्रिया दिनुहोस