aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एक हजार आठ सय ३७ जनाले कोरोना परिक्षण गर्दा १६ जनामा पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
एक हजार आठ सय ३७ जनाले कोरोना परिक्षण गर्दा १६ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९ एन्टीजेन परिक्षण गर्दा ७ गरी जम्मा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा एक हजार आठ सय ३७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ३४ हजार २७५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५६३ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस