aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना संक्रमितभन्दा निको हुने धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ कार्तिक २०७९
कोरोना संक्रमितभन्दा निको हुने धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९ एन्टीजेन परिक्षण गर्दा १ जना गरी जम्मा १० जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमित भन्दा निको हुनेको संखया धेरै रहेको छ । यस अवधिमा २६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ५४६ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस