
एजेन्सी । ट्वीटर, मेटा (फेसबुक) र माइक्रोसफ्टपछि अब अमेजनले पनि कर्मचारी कटौति गर्न थालेको छ । अमेरिकी टेक्नोलोजी र ई–कमर्स कम्पनी अमेजनले अमेरिकाको बढ्दो आर्थिक मन्दीका कारण ई–कमर्स कम्पनीहरुले कर्मचारी घटाउन थालेको हो।
अमेजनमा एक हप्ता अघिदेखि नै नयाँ कर्मचारी भर्ती बन्द गर्ने घोषणा गरिएको छ । अमेजनका अनुसार कम्पनीको रोबोटिक्स डिभिजनमा कम्तिमा ३,७६६ जनाले रोजगारी पाइरहेका छन तर, ३ हजार ७ सय ६६ कर्मचारीमध्ये कतिलाई निकालिएको छ भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।
पूर्व कर्मचारीको दाबी अनुसार कम्पनीले ३ हजार ५ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । उही समयमा अमेजनबाट निकाल्ने बारे कुनै बयान आएको छैन। वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार कम्पनीले आफ्ना केही इकाईहरूमा काम गर्ने कर्मचारीहरूलाई अन्यत्र काम खोज्न आग्रह गरेको दाबी गरेको छ। यो किनभने कम्पनीका धेरै परियोजनाहरू बन्द हुन सक्छन् ।
प्रतिक्रिया दिनुहोस