aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टेलिकमले ल्यायो बम्पर निर्वाचन अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ कार्तिक २०७९
टेलिकमले ल्यायो बम्पर निर्वाचन अफर

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइल मै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफर मार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा  २९४ रुपैयाँ माउपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याकजम्मा  ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यीप्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । 

यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी सो सुविध खरिद गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस