
काठमाडौं । यस वर्षको शरद याममा नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ४०५ जना विदेशीले अनुमति लिएका छन् । शरद यामका लागि विभिन्न ७७ देशका १६८ वटा टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् । पर्यटन विभागको तथ्याङक अनुसार आरोहणको अनुमति लिनेमा एक हजार ८१ जना पुरुष र ३२४ जना महिला रहेका छन् । जसबाट ९ करोड १८ लाख ६३ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै अमाडब्लमका लागि ४४२ जनाले अनुमति लिएका छन् । अमाडब्लम हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट २ करोड ३२ लाख ५६ हजार २६० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
पर्यटन विभागका अनुसार मनास्लु हिमालका लागि ४०४ जनाले अनुमति लिएका थिए । जसबाट ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, हिमलुङ हिमाल आरोहणका लागि १५६ जनाले अनुमति लिँदा ५१ लाख ८७ हजार ३१० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।
बरुन्टसे हिमाल आरोहणका लागि ४२ जनाले अनुमति लिएका थिए । जसबाट १३ लाख ७४हजार रुपैयाँ रोयल्टी प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ
प्रतिक्रिया दिनुहोस