aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन्ड्रोइड स्मार्टफोनको गोप्य कोड यसरी थाहा पाउन सकिन्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
एन्ड्रोइड स्मार्टफोनको गोप्य कोड यसरी थाहा पाउन सकिन्छ

एजेन्सी । एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरु आफ्नै फोनको धेरै गोप्य जानकारी नहुदा समस्यामा परिरहेका हुनसक्छन् । यी गोप्य कोडहरूको मद्दतले सबै कुरा पत्ता लगाउन सकिन्छ। यी कोडहरूलाई यूएसएसडी (अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा) का नामले पनि चिनिन्छन। 

मोबाइलको ब्याट्री, मोबाइल विवरणहरू, वाईफाईको जानकारी, एप प्रयोगहरू सहित धेरै जानकारी प्राप्त गर्न गोप्य कोडको आवश्यकता पर्दछ। त्यसका लागि *#*#४६३६#*#* यो कोड मार्फत फोनको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ।  

*#*#४६३६#*#* : यो कोड मार्फत तपाईले फोनको सम्पूर्ण जानकारी थाहा पाउन सक्नुहुन्छ। उदाहरणका लागि, तपाईंले ब्याट्री, मोबाइल विवरणहरू, वाईफाईको जानकारी, एप प्रयोगहरू सहित धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

*#०६# यो कोड डायल गरेर आफ्नो फोनको आईएमईआई नम्बर जाँच गर्न सक्नुहुन्छ। यो गोप्य कोड डायल गर्दा आईएमईआई नम्बरको साथमा फोनको एमईआईडी (MEID) नम्बर पनि तपाईंको अगाडि देखा पर्नेछ। *#०७# आफ्नो फोनको सार(SAR) मूल्य जान्न चाहनुहुन्छ भने आफ्नो स्मार्टफोनबाट *#०७# डायल गर्नुहोस्। यो नम्बर डायल गरेपछि फोनको डिस्प्लेमा फोनको SAR मान देखिनेछ। यस बाहेक, पहिलो ‘हेड सार’ को अर्थ टाउको र ‘बडी सार’ को अर्थ शरीर हो। 

सामसङको गोप्य कोड *#०७# रहेको छ । जुन सामसंग फोनहरूमा हार्डवेयर जानकारी प्राप्त गर्न प्रयोग गरिन्छ।  यो कोडले अन्य ब्रान्डको कुनै पनि फोनमा काम गर्दैन। *#०२२८# यो कोडले सामसङ फोनमा मात्र काम गर्छ। यदि सामसङ फोन छ भने यो नम्बर डायल गरेर फोनमा रहेको डिस्प्ले र ब्याट्रीको अवस्था थाहा पाउन सक्नुहुन्छ।

*#*#६४६६३#*#* यो कोड शाओमी प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्छन्। यो कोड डायल गर्दा हार्डवेयर जानकारीहरु डिस्प्लेमा देखा पर्नेछ। *#८००# यो कोडले रियलमी फोनहरूमा काम गर्नेछ। यसलाई डायल गरेर, रियलमी प्रयोगकर्ताहरूले आफ्नो फ्याक्ट्री मोड र मेनु खोल्न सक्छन्।

प्रतिक्रिया दिनुहोस