
भैरहवा । सामूहिक विद्यालय परिवार रूपन्देहीद्वारा आयोजना गरिएको जोइन्ट क्रिकेटकप २०७९ मा छात्र तर्फबाट युनिक होम्स स्कुललाई पछाडि पार्दै लुम्बिनी शिक्षा निकेतनले जित हासिल गरेको छ । खेलमा टस जितेर युनिक होमसले फिल्डिङ रोजेको थियो ।
लुम्बिनी शिक्षा निकेतनका अमन यादवले २२ रन, सन्दिप बरईले १८ रनको योगदान सँगै ८ ओभरमा ६० रनको लक्ष्य दिए । लक्ष्य पछ्याउँदै गर्दा युनिक होमसले ३८ रनमा सिमित हुँदै अल आउट भए । सो क्रममा बलिङ गर्दै अमन यादवले २ बिगेट र रजा उल्लाले १ ओभरमा २ बिगेट लिए । खेलमा अल राउन्ड प्रदर्शनको लागि अमन यादव म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै छात्रा तर्फ सनलाइट इङलिस बोर्डिङ स्कुललाई पछाडि पार्दै सञ्जिवनी शिक्षा सदन प्रथम भएको छ । आठ ओभरको खेलमा टर्स जितेर सन्जिवनी स्कुलले व्याटिङ गरेको थियो । सन्जिवनी स्कुलकी छात्रा प्रतिमा चौधरीले २५ रन ल्याइन भने शिक्षा बस्यालले १२ रन लिए सँगै ८ ओभर सकिदा सनलाइटलाई ८८ रनको तारगेट दिएका थिए ।
८८ रनको लक्ष्य पछ्याउदा सनलाइट स्कुलले निर्धारित ८ ओभरमा ६० रन मात्र जोड्न सफल भयो । जसमा सन्जिवनी स्कुलकी रितिसा पाण्डेले १ बिगेट र १ रन आउट गर्न सफल भइन् । छात्रा खेलमा प्रतिमा चौधरी सर्वाधिक २५ रन ल्याइ म्यान अफ द म्याच घोसित भइन् ।
सिद्धार्थनगर नगरपालिका का मेयर इस्तियाक अहमद खानले संसारमा नेपाल भनेर चिनाउने कार्य खेलकूदले गरेको भन्दै पढाइ सँगै विद्यार्थीले खेललाई अगाडि बढाउनु पर्ने बताए । खेलकुद स्वास्थ्यका लागि पनि राम्रो भएकोले खेल र स्वास्थ्य पाइने भन्दै खेलकुदमा लाग्न विद्यार्थीहरुलाई मेयर खानले आग्रह गरे ।
सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष उदय कुमार मल्लिकले २०६५ सालदेखि छात्र क्रिकेट प्रतियोगिता हुँदै आएकोमा २०७९ देखि छात्रा प्रतियोगिता सुरु भएको बताए । विद्यार्थीमा भएको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्दै अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष मल्लिकले बताए । सामूहिक विद्यालय परिवारका छात्रा ८ टिम र छात्र १४ टिम खेलमा सहभागी रहेको कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस