aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फेसबुकको भारतको व्यापार प्रमुखमा सन्ध्या नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
फेसबुकको भारतको व्यापार प्रमुखमा सन्ध्या नियुक्त

एजेन्सी । फेसबुकको मूल कम्पनी मेटाले सन्ध्या देवनाथनलाई भारतको व्यापारको नयाँ प्रमुख र उपाध्यक्षमा नियुक्त गरेको छ। देवनाथनले जनवरी १, २०२३ मा आफ्नो पदभार ग्रहण गर्नेछिन। 

देवनाथन २०१६ देखि मेटासँग छिन र कम्पनीलाई सिंगापुर र भियतनाममा आफ्नो व्यवसाय बढाउन मद्दत गर्दै छिन। यसबाहेक उनी दक्षिण पूर्व एसियामा कम्पनीको ई–कमर्स लन्चका लागि पनि काम गरिरहेकी थिइन् ।

सन्ध्या हाल एक कार्यकारी प्रायोजक पनि छिन् र गेमिङ उद्योग प्ले फर्वार्डको लागि विश्वव्यापी नेतृत्वको रूपमा काम गर्छिन्। साथै, उनी पेपर फाइनान्सियल सर्भिसको ग्लोबल बोर्डमा पनि छन्।

सन् १९९८ मा आन्ध्र विश्वविद्यालयबाट इन्जिनियरिङ पूरा गरेपछि सन्ध्या देवनाथनले दिल्ली विश्वविद्यालयबाट एमबीए गरेकी थिइन्। उनी सन् २०१४ मा अक्सफोर्ड युनिभर्सिटीको सेड बिजनेस स्कुलमा नेतृत्वको पाठ्यक्रमका लागि गइन्।

भर्खरै, व्हाट्सएपको भारत प्रमुख अभिजित बोस र मेटा इन्डियाका सार्वजनिक नीति निर्देशक राजीव अग्रवालले आफ्नो पदबाट राजीनामा दिए। भारतमा व्हाट्सएप पब्लिक पॉलिसीका निर्देशक शिवनाथ ठकराललाई अब भारतका सबै मेटा ब्रान्डहरूका लागि सार्वजनिक नीतिको निर्देशक बनाइएको छ।

प्रतिक्रिया दिनुहोस