aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कतारमा हुन लागेको विश्वकपका लागि बनाइएका रंगशालामा कति मानिस अटाउँलान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
कतारमा हुन लागेको विश्वकपका लागि बनाइएका रंगशालामा कति मानिस अटाउँलान ?

एजेन्सी ।कतार विश्वकपले  धेरैको ध्यान खिचेको छ । धेरैले कतार २०२२ को विश्वकपलाई हालैको इतिहासमा सबैभन्दा विवादास्पद खेलकुद प्रतियोगिताको रूपमा हेरिरहेका छन्। पछिल्लो दुई दशकमा चीनले दुईपटक ओलम्पिक खेलकुद आयोजना गरेको छ। रसियाले फुटबल विश्वकप २०१८ र शीतकालीन ओलम्पिक आयोजना गरेको थियो।

तर पक्कै पनि सबैभन्दा ठूलो विवाद कतारले विश्वकप आयोजना गर्ने विषयमा भइरहेको छ । विगत १२ वर्षमा कतारलाई फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हस्तान्तरण गरेकोमा आक्रोशका साथमा कतारलाई असहजताको वातावरण थिएन ।

असहजताकाबीचमा पनि कतारको विश्व कप २०२२ को तयारी भव्य मात्र होइन विश्वमा नै नयाँ रेकर्ड समेत राखेको छ । कतारका ८ वटा रंगशालामा २०२२ को विश्वक हुने छ । लुसेल स्टेडियम  (८०,००० क्षमता), अल बेट स्टेडियम (६०००० क्षमता ), स्टेडियम  (४०,०००क्षमता), खलिफा अन्तर्राष्ट्रिय स्टेडियम ( ४५,४१६), एजुकेशन सिटी स्टेडियम ( ४०,००० क्षमता), अल थुमामा स्टेडियम ( ४०,०००क्षमता), अल जनुब स्टेडियम ( ४०,०००क्षमता) र अहमद बिन अली स्टेडियम ( ४०,००० क्षमता ) का रहेका छन ।  

प्रतिक्रिया दिनुहोस