aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आठ जना नयाँ कोरोना संक्रमित थपिँदा १७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
आठ जना नयाँ कोरोना संक्रमित थपिँदा १७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा १७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टामा ७७८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शून्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस