
काठमाडौं । नेपालले आफ्नै खेल मैदानमा युएईविरूद्धको तीन खेल जितेको छ । नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको हो। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २–१ ले जितेको छ।
नेपालले पहिलो खेल ८४ रनले गुमाएको थियो तर, दोस्रो खेलमा ४ विकेटको जित्न सफल भयो। शुक्रबार युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
प्रतिक्रिया दिनुहोस