aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वर्ल्डकप कसरी हुर्नेभन्ने चिन्ता लिइरहनु भएको छ ? ट्वीटरले यो समस्या समाधान गर्ने घोषणा गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ मंसिर २०७९
वर्ल्डकप  कसरी हुर्नेभन्ने चिन्ता लिइरहनु भएको छ ? ट्वीटरले यो समस्या समाधान गर्ने घोषणा गर्यो

एजेन्सी । ट्वीटरका नयाँ मालिक इलोन मस्कले कतारमा हुन लागेको ‘फिफा विश्वकप २०२२’ (फिफा) को सन्दर्भमा ठूलो घोषणा गरेका छन् । इलोन मस्कले भर्खरै ट्वीट गर्दै ट्वीटरले आइतवार (नोभेम्बर २०) विश्वकपको पहिलो खेलको लाइभ कभरेज र वास्तविक समय कमेन्टरी गर्ने बताएका छन।

विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले ट्विट गर्दै भने, ‘विश्वकपको पहिलो खेल आइतबार हो । ट्विटरमा उत्कृष्ट कभरेज र वास्तविक-समय टिप्पणी हेर्नुहोस्। यद्यपि, इलोन मस्कले आफ्नो ट्वीटमा फिफाको उल्लेख नगरेपनि उनले विश्वकप लेखेका छन् ।'

यति मात्र होइन, ट्विटमा मस्कले म्याचको कभरेज र कमेन्टरीका बारेमा अन्य कुनै विवरण पनि सेयर गरेका छैनन् । कतारमा आइतबारदेखि फिफा विश्वकप २०२२ को २२ औं सिजन सुरु हुँदैछ । ट्विटमा मस्कले फिफा विश्वकपको कुरा गरेको अनुमान गरिएको छ ।

विश्वकप क्रिकेटको पहिलो खेल आयोजक कतार र इक्वेडरबीच हुनेछ । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा प्रतिष्ठित ट्रफीको लागि विश्वभरका ३२ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। यसपटकको फिफा विश्वकपमा ८ समूह बनाइएको छ । प्रत्येक समूहमा ४ टोली राखिएको छ । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस