
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्डको ट्रम्प ट्वीटर एकाउन्ट बल्ल फर्किएको छ । ट्विटरका नयाँ मालिक एलोन मस्कले ट्रम्पको खाता पुनर्स्थापित गर्ने बारे ट्विटर पोल पोस्ट गरेका छन। उनले राष्ट्रपति ट्रम्पको खाता रिस्टोर गर्नुपर्छ भनेर सोधेका थिए।
डोनाल्ड ट्रम्पले २०२१ मा क्यापिटल हिल हिंसापछि ट्विटरमा हिंसा गर्ने आफ्ना समर्थकहरूलाई क्रान्तिकारी भनेका थिए। त्यसपछि उनले जनवरी २०, २०२१ मा हुने राष्ट्रपतिको उद्घाटन समारोहमा नजाने बताएका थिए । यसैमा कारबाही गर्दै ट्विटरले उनको खाता सदाका लागि निलम्बन गरेको छ ।
' ट्रम्पले ट्वीटरको नीतिलाई अझै बेवास्ता गरे र उत्तेजक ट्विट गरे भने उनीहरू विरुद्ध कडा कारबाही गर्नेछन्। त्यसपछि पनि उनले आक्रोशपूर्ण ट्वीट गरे । कुनै पनि ठूला नेताको लेखाजोखा नियमभन्दा माथि हुँदैन भनेर पहिले पनि भनिसकेका छौं । पोस्टमा, ट्विटरले ट्रम्पको ट्वीटहरू सम्मिलित गरेको थियो र उनको विश्लेषण पनि लेखेको थियो । जुन उनको खाता स्थायी निलम्बनको कारण बन्यो।'
प्रतिक्रिया दिनुहोस