aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एचपी कम्पनी ६००० कर्मचारी निकाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
एचपी कम्पनी ६००० कर्मचारी निकाल्दै

एजेन्सी । विश्वभरी कर्मचारी कटौति गरिरहेको आइटी कम्पनीहरु मेटा, ट्विटर, अमेजन पछि अब अर्को सूचना प्रविधि कम्पनीले पनि जागिर कटौती गर्ने निर्णय गरेको छ । ल्यापटप र इलेक्ट्रोनिक्स निर्माता एचपीले लगभग ६,००० कर्मचारी हटाउने योजना बनाएको छ ।  यो यसको कुल त्यहा कार्यरत कर्मचारीको १२ प्रतिशत हो। एचपीमा हाल ५०,००० भन्दा बढी कर्मचारीहरू छन्। तर, कम्पनीको रिटेन्चमेन्ट योजना सन् २०२५ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

कोरोना महामारीको समयमा पीसी र ल्यापटप क्षेत्रमा ठूलो उछाल आएको थियो । तर, अहिले बिक्रीमा कमी आएपछि एचपीले कर्मचारीको संख्या घटाउने निर्णय गरेको छ । विश्वव्यापी बजारमा मुद्रास्फीति र मन्दीको चिन्ता पनि रोजगार कटौतीको एक कारण हुन सक्छ।

एचपीले चौथो त्रैमासिकमा राजस्व वर्षको तुलनामा ०.८ प्रतिशत घटेर १४.८० बिलियन डलर पुगेको बताएको छ। व्यक्तिगत प्रणाली खण्डमा राजस्व, जसमा पीसीहरू समावेश छन् । १३ प्रतिशतले घटेर १०.३ बिलियनमा रहेको छ ।  

गुगलको मूल कम्पनी अल्फाबेटले १०,००० कर्मचारीलाई निकाल्न सक्ने खबर गत दिन आएको थियो ।  बजारको अवस्था र लागत कटौतीका कारण यस्तो भएको हो । प्रतिवेदनका अनुसार गुगलका प्रबन्धकहरूलाई ‘कम काम गर्ने’ कर्मचारीहरूको विश्लेषण र श्रेणी निर्धारण गर्न भनिएको छ।

मन्दीको सुरुमा, कम्पनीहरूले कम माग, घट्दो नाफा र उच्च ऋणको सामना गर्दा, धेरै कम्पनीहरूले लागत कटौती गर्न कर्मचारीहरूलाई हटाउन थाले। बढ्दो बेरोजगारी धेरै सूचकहरू मध्ये एक हो जसले मन्दीलाई परिभाषित गर्दछ। मन्दीमा, उपभोक्ताहरूले कम खर्च गर्छन् र औद्योगिक उत्पादन सुस्त छ।

प्रतिक्रिया दिनुहोस