aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्विटरका गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
ट्विटरका गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको दावी

एजेन्सी । विश्वकप २०२२मा ट्विटर गतिविधिलाई नयाँ उचाइमा पुर्‍याएको दावी गरेको छ। डाटा शेयर गर्दै, कम्पनीका नयाँ मालिक इलोन मस्कले माइक्रो–ब्लगिङ प्लेटफर्मको विश्वकप ट्राफिक प्रति सेकेन्ड लगभग २०,००० ट्वीट्स पुगेको दाबी गरे।

उनले ट्विट गरे, ‘विश्वकपको ट्राफिक आज प्रति सेकेन्ड करिब २० हजार ट्वीट पुगेको छ । अर्को ट्विटमा उनले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा, ट्विटरमा राति अबेरसम्म काम गर्ने धेरै व्यक्ति छन्, जसको लागि म धेरै सम्मान गर्छु।’

मस्कले दुई दिनअघि ट्वीटरमा गत हप्तामा दैनिक १६ लाख सक्रिय प्रयोगकर्ता थपिएको दाबी गरेका थिए । उनले यो माइक्रो ब्लगिङ प्लेटफर्मका लागि अहिलेसम्मकै उच्च रहेको बताए ।

ग्राफ अनुसार, दैनिक सक्रिय प्रयोगकर्ता ९म्बग्० ले अक्टोबरको अन्त्यमा स्पाइक देखाएको उल्लेख छ । जब मस्कले प्लेटफर्मको नेतृत्व लिए यसपछि यो बढेर २५९.४ मिलियन पुगेको छ । 

प्रतिक्रिया दिनुहोस