
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक हजार तीन सय ८१ नमूना परिक्षण गर्दा उक्त संक्रमित फेला परेका हुन । मन्त्रालयका अनुसार ८७१ आरटी पीसीआर परिक्षण गर्दा १० र ५१० एन्टीजेन परिक्षण गर्दा ० गरी जम्मा १० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमतिबाट २८ जना निको भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस