aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ मंसिर २०७९
विश्वकप फुटबल प्रतियोगिता : सेनेगलद्वारा आयोजक कतार पराजित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले आयोजक कतारलाई पराजित गरेको छ । प्रतियोगितामा सेनेगलको यो पहिलो जित हो ।  कतारको अल थुमामा स्टेडियममा आज भएको खेलमा सेनेगलले कतारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४१औँ मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ४८औँ मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को अवस्थामा पू¥याए । 

त्यसपछि खेलको ७८औँ मिनेटमा कतारका मुहमद मुन्तारीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । विश्वकपमा कतारका लागि यही नै पहिलो गोल हो । खेलको ८४औँ मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए । जितसँगै समूह ‘ए’ को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सेनेगलले दुई खेलबाट तीन अङ्क जोडेको छ । यता कतारको यो लगातार दोस्रो हार हो । 

प्रतिक्रिया दिनुहोस