aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप हतोत्साहित बनायो : होटल संघ नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
थप हतोत्साहित बनायो : होटल संघ नेपाल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो समीक्षाले पर्यटन व्यवसायीहरुलाई थप हतोत्साहित बनाएको होटल संघ नेपालले प्रतिक्रिया दिएको छ। कोरोनाले थलापरेको पर्यटन तथा होटल व्यवसायीलाई बैंकहरुले साँवा ब्याज भुक्तानीका लागि बारम्बार ताकेता गरिरहेको भन्दै संघले मौद्रिक समीक्षाले झनै निरास बनाएको जनाएको छ। उसले उच्च ब्याज दरबाट देशैभर आन्दोलित रहेको अवस्थामा समीक्षाबाट केही सहज गर्ने गराइने आश्वासन प्राप्त भएपनि होटल व्यवसायीहरुको न्यूनतम मागहरु समेत पूरा हुन नसकेको भन्दै आपत्ति जनाएको छ। 

मौद्रिक तथा अन्य नीतिमार्फत होटल उद्योगको पुनरुत्थानमा प्रयत्न सहयोग पुग्ने गरी नीतिगत व्यवस्था गरिदिनका लागि ताकेता गरेका थियौं,ु संघको विज्ञप्तिमा छ, विशेषतः होटल उद्योगले बैंकहरुलाई तिर्नु बुझाउनुपर्ने साँवा र ब्याज कोरोना कालमा शून्यको अवस्थामा झरेको कारोबारका कारण समयसीमाभित्र बुझाउन नसकेकोले यसका लागि समयावधि बढाउनु पर्छ।

पर्यटन उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मूख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज नगरी होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउन भनिएको छ।

अत्यधिक वृद्धि भएको ब्याजदर घटाई होटल संचालन गर्नका लागि पुनर्ताकीकरण तथा पुनर्कर्जा व्यवस्थापनमा व्यवहारिक र सहज स्पष्टता सहितको व्यवस्था गर्न आग्रह गरिएतापनि समीक्षाले कुनै पनि किसिमको सम्बोधन नगरेको संघको धारणा छ।

पर्यटन उद्योगमार्फत भएको रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जनको मूख्य स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र बहुआयामिक विकासका पक्षलाई नजरअन्दाज नगरी होटल व्यवसाय संरक्षणका लागि मौद्रिक तथा वित्तीय नीतिमा लचकता अपनाउन संघले माग गरेको छ ।  

प्रतिक्रिया दिनुहोस