
काठमाडौं । नेपाली वायुसेवालाई विभिन्न १६ विधामा अवार्ड दिईने भएको छ । आगामी डिसेम्बर १३ का दिन एक विशेष समारोह आयोजना गर्दै उक्त अवार्ड दिन लागिएको हो । सो अवार्डलाई पारदर्शी तथा स्वच्छ बनाउनका लागि आयोजकले विभिन्न क्षेत्रका प्रतिनिधि सम्मिलित नोमिनेसन बोर्ड गठन गरेको छ ।
हाल ९ सदस्य रहेको सो बोर्डले आफ्नो पहिलो बोर्ड बैठक राखि कार्य प्रारम्भ गरेको छ । उल्लेखित विधामा नोमिनेसन भएका वायुसेवालाई विभिन्न माध्यमबाट सर्बसाधारण, ट्राभल एजेन्सि र वायुसेवा स्वयंले समेत गर्नसक्ने भोटिङमा रहने अशुद्धि हटाई अवार्डको नोमिनेसनलाई सहजता र मर्यादित बनाउने मुल उद्देश्य जनाइएको छ ।
नोमिनेसन बोर्डले आपसी छलफलका माध्यमबाट सबैखाले नियम तथा कार्यपद्धती बनाउन सक्ने अधिकार सम्पन्न रहेको सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्का उपाध्यक्ष्य लाल चन्द्र गौतमले बताएका छन् ।
नेपाली पर्यटन क्षेत्रलाई एकै पटक विश्वभरका सञ्चार माध्यमको चासोमा ल्याउने र नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथ सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवाडर््स् नेपाल २०२२ घोषणा गरिने भएको हो ।
यस अवार्डको नोमिनेसन बोर्डमा नायिका बर्षा राउत, इतिहाद एअरवेजकी पूर्व महाप्रबन्धक पावना श्रेष्ठ, नाटाकी गिता ढकाल, एक्टिभ उमन अफ नेपालकी अध्यक्ष बाबा सरकार श्रेष्ठ, खल्तीका सहसंस्थापक अमित अग्रवाल, सेलिब्रेटी फोटोग्राफर राज भाई सुवाल, इन लाईट सेफ बेद अधिकारी, स्प्यारो एसएमएसका सह संस्थापक मनिस मोदी र गै्रह आवसिय नेपाली संघकी पूर्व उपाध्यक्ष सपिला राजभण्डारी रहनुभएको यस नोमिनेसन बोर्डमा बोर्ड सदश्यले आवश्यकता महशुष गरे थप सदश्य समेत मनोनयन गर्न सक्नेछन् ।
नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् ।
यस अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसिप नलिएको जनाइएको छ ।
स्वतन्त्र लब्धप्रतिष्ठित व्यक्तिहरु सम्मिलित निर्णायक मण्डललाई निर्णयको सर्वाधिकार सुम्पिइएको छ । थप जानकारीका लागि सस्तो टिकेट्स् वेष्ट एअरलाइन्स अवार्डस्को वेभसाईटमा गएर हेर्न सकिने छ । सस्तो टिकेट्स यस वेष्ट एअरलाइन्स अवार्डस्को टाईटल स्पोनसर रहेको छ ।
प्रतिक्रिया दिनुहोस