aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतालाई दस तोला सुन हस्तान्तरण गरेको छ । बुधबारकाठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको हो ।

काठमाडौं बस्दै आएकी धरानकी सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् । वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस