काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ ।
गत मंगलबारबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन् ।
साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट र १ हजार रुपैयाँ सम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस