aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमाल आरोहणका लागि १४४१ लिए अनुमति, नौ करोड ३१ लाख रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ मंसिर २०७९
हिमाल आरोहणका लागि १४४१ लिए अनुमति, नौ करोड ३१ लाख रोयल्टी संकलन

काठमाडौं । नेपालका विभिन्न हिमाल आरोहणका लागि एक हजार ४४१ जना विदेशीले अनुमति लिएका छन् । गत नोभेम्बर महिनामा विभिन्न देशका टिमले हिमाल आरोहणको अनुमति लिएका हुन् ।

पर्यटन विभागको तथ्यांक अनुसार आरोहणको अनुमति लिनेमा एक हजार एक सय १० जना पुरुष र ३३१ जना महिला रहेका छन् । जसबाट ९ करोड ३१ लाख ४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै अमाडब्लमका लागि ४७५ जनाले अनुमति लिएका छन् । अमाडब्लम हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट २ करोड ४९ लाख ९१ हजार ५२० रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।  

पर्यटन विभागका अनुसार मनास्लु हिमालका लागि ४०४ जनाले अनुमति लिएका थिए । जसबाट ४ करोड ६२ लाख ९१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै,  हिमलुङ हिमाल आरोहणका लागि १४१ जनाले अनुमति लिँदा ४४ लाख एक हजार १० रुपैयाँ रोयल्टी प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस