aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल रेमिटको सिईओमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ मंसिर २०७९
नेपाल रेमिटको सिईओमा खनाल नियुक्त, डिजिटल रेमिटलाई प्राथमिकता दिने

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रालि को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रेमिट्यान्स क्षेत्रका चर्चित व्यक्तित्व एवं चार्टर्ड एकाउण्टेन्ट सागर खनाल नियुक्त भएक छन् । २९ वर्षिय खनालको रेमिट्यान्स् क्षेत्रमा ७ बर्ष भन्दा बढि समयको अनुभव छ । 

बिजनेस, रणनीति र योजना तथा मार्केटिङ्ग र व्यवस्थापनमा राम्रो अनुभव भएका खनालको रेमिट्यान्स् क्षेत्रमा स्थापित नाम हो ।खनाललाई एक समारोहका बिच नेपाल रेमिट इन्टरनेशनल प्रालिका अध्यक्ष रितश मित्तलले स्वागत गरे । खनालले आफ्नो पदभार समेत ग्रहण गरिसकेका छन् ।

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले डिजिटल रेमिट्यान्स्मा अभैm जोड दिदै विश्वका विभिन्न कुनावाट रेमिट्यान्स् भित्राउदै आएको छ । 

आफ्नो पदभार ग्रहण गर्दै खनालले भने, ‘अहिले धेरै कुरा डिजिटल रुपमा भइरहेको भन्दै सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि हामीले डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आम नेपालीलाई सेवा प्रदान गर्नेछौँ । रेमिट्यान्स् समेत डिजिटल रुपमा भित्राइ मुलुकको डिजिटल अर्थतन्त्रलाई टेवा पुर्याउने हाम्रो लक्ष्य हो’ । 

कम्पनिमा अनुभवि कार्यकारी अधिकृत सिएसागर खनाल को आगमन पछी कम्पनिका सेवा सुबिधाका साथै यस कम्पनीको लोकप्रियतालाई आम उपभोक्ता सम्म पर्याइ आगामी दिनमा अझै उचाइमा पुग्ने कुरा नेपाल रेमिटले विश्वास लिएको छ । 

नेपाल रेमिट इन्टरनेशनल प्रालिले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ । 
  
 

प्रतिक्रिया दिनुहोस