
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । त्यहाँको अल बायत स्टेडियममा आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।
फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।
७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । तर ह्यारी केनको पेनाल्टी प्रहार बाहिरियो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस