aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युरोपका शक्तिशाली देशका युवा इन्टरनेट अपराधमा फस्दै, १६ देखि १९ वर्षका युवा संलग्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ मंसिर २०७९
युरोपका शक्तिशाली देशका युवा इन्टरनेट अपराधमा फस्दै, १६ देखि १९ वर्षका युवा संलग्न

एजेन्सी । युरोप युवाहरूद्वारा इन्टरनेटमा आपत्तिजनक र आपराधिक व्यवहारलाई सामान्य बनाउने जोखिम बढेको बताएको छ। युरोपेली संघको अनुसन्धानले १६ देखि १९ वर्षका चारमध्ये एकले कसैलाई अनलाइन ट्रोल गरेको पत्ता लगाएको छ। साथै, तीनमध्ये एक डिजिटल पाइरेसीको हिस्सामा संलग्न भएको छ।

बेलायतलगायत युरोपका नौ देशका १६ देखि १९ वर्षका युवाहरूमा यस प्रकारको आपराधिक र जोखिमपूर्ण व्यवहार बढेको अनुसन्धानले देखाएको छ । यो सर्वेक्षण ८ हजार युवामा गरिएको थियो । यसले खुलासा गरेको छ आठमध्ये एकले कसैलाई अनलाइन दुव्र्यावहार गरेको छ ।  जबकि १० मध्ये एकले कुनै न कुनै प्रकारको घृणायुक्त भाषण वा ह्याकिङको हिस्सामा संलग्न रहेको पाइएको छ। पाँचमध्ये एकजना सेक्सिङमा संलग्न हुन्छन्।

शोधकर्ताहरूले यो पनि पत्ता लगाए १० मध्ये चार युवाहरूले पोर्न हेर्न इन्टरनेट प्रयोग गरेका छन्। अनुसन्धानका सह–लेखिका प्रोफेसर जुलिया डेभिडसनले युरोपमा यति धेरै युवाहरू कुनै न कुनै रूपमा साइबर क्राइममा संलग्न भएकाले अनलाइन तल्लो तहको अपराध र इन्टरनेटमा आपत्तिजनक व्यवहार सामान्य भएको बताइन्।

यो सर्वेक्षण बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, नर्वे र रोमानियाका युवाहरूमा गरिएको थियो। साइबर विचलनका हिसाबले स्पेन पहिलो, रोमानिया दोस्रो, नेदरल्यान्ड्स तेस्रो र जर्मनी ७२ प्रतिशतका साथ चौथो स्थानमा छ। साइबर(विचलन भनेको अनलाइन आपराधिक वा जोखिमपूर्ण व्यवहारमा संलग्न हुनु हो।

प्रोफेसर डेभिडसनले सर्वेक्षणमा भाग लिने ७५ प्रतिशत पुरुषले आफूले कुनै न कुनै साइबर अपराध गरेको स्वीकार गरेको बताए। जबकि ६५ प्रतिशत महिला पनि साइबर अपराधमा संलग्न छन् । यसलाई खतराको घण्टीको रूपमा हेरिएको छ । युवाको यस्तो व्यवहार आम मानिसका लागि घातक सावित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस