काठमाडौं । नेपाल वायुसेवा निगमले बिहीबारदेखि जापानको ओसाकासम्मको नियमित उडान पुनः शुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यात्रुलाई बोडिङ्ग पास दिई विदाई गर्नु भएको थियो । मन्त्रीले पूर्वको उडानको शुभ संकेत हो र भविष्यमा थप गन्तव्य विस्तार गर्न सफलता प्राप्त होस् भन्नुभयो ।
निगमले हप्ताको तीन दिन बिहीबार, शनिबार र मंगलबार ओसाकाको नियमित उडान गर्नेछ । हाललाई निगमले प्रवद्र्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । काठमाडौंबाट बिहान २ः३० बजे उडेको विमान ६ घण्टा पछि स्थानीय समय अनुसार ११ः५५ बजे पुगेको थियो । उक्त विमान अपरान्ह ओसाकाबाट उडान गरी बिहीबार अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ । पहिलो उडानमा काठमाडौं – ओसाका बीच १४६ जना यात्रुले यात्रा गरेका थिए ।
निगमले नेपाल जापानको सिधा उडानलाई थप व्यावसायिक प्रवद्र्धन गर्न सेप्टेम्बर महिना भर प्रत्येक उडानमा यात्रुहरु बीच गोलाप्रथा गराइनेछ र एक जनालाई उपहार स्वरुप एक निःशुल्क नेपाल जापान उडानको टिकट प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस