
काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयालीमा अर्जेन्टिनाको सरकारले आजको लागि सार्वजनिक बिदा घोषणा गरेको छ ।
अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ ।
अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।
३६ वर्षपछि उपाधि जितेको टोली मंगलबार बिहान अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस