aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वकपमा हारेपछि फान्सका फुटथबल स्टार करिम बेन्जेमाले सन्यास लिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
विश्वकपमा हारेपछि फान्सका फुटथबल स्टार करिम बेन्जेमाले सन्यास लिए

काठमाडौं । विश्वकप फुटबलमा पराजित भएका फ्रान्सका फुटबल स्टार करिम बेन्जेमाले खेलबाट सन्यास लिएका छन् । बेन्जेमा आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । 

विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन् । 

एक पटकका बलोन डीओर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन् । भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहे पनि थाइको इन्जुरीका कारण विश्वकप भने गुमाएका थिए ।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सन्देशसहित लेखेका छन्, ‘मैले प्रयास र गल्ती दुवै गरें । जसका कारण म जुन स्थानमा छु, म गर्व गर्छु । मैले आफ्नो कथा लेखेँ र अन्त्य पनि गरेको छ ।’

प्रतिक्रिया दिनुहोस