
एजेन्सी । चिनियाँ टेक्नोलोजी कम्पनी शाओमीले कामबाट हटाउन सुरु गरेको छ । हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टका अनुसार शाओमीले आफ्नो स्मार्टफोन र इन्टरनेट सेवा युनिटबाट कामदारहरूलाई हटाउन थालेको हो।
रिपोर्टका अनुसार, शाओमीले आफ्नो कुल कार्यबलबाट करिब १५ प्रतिशत कामदारहरूलाई निकालेको छ। सेप्टेम्बर ३० सम्म, कम्पनीमा कुल कार्यरत कर्मचारी ३५,३१४ थियो । जसमध्ये ३२,००० चीनमा आधारित छन्।
विश्व बजारमा शाओमीले सैमसंग, भिभो, रियलमी र ओप्पो जस्ता निर्माताहरूको बजार हिस्सा गुमाउँदैछ। काउन्टरपोइन्ट रिसर्चका अनुसार, शाओमीका प्रतिद्वन्द्वीहरू अब यसको धेरै नजिक छन्।
प्रतिक्रिया दिनुहोस