aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोनाका कारण चीनमा हलचल, अब के हुन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
कोरोनाका कारण चीनमा हलचल, अब के हुन्छ ?

एजेन्सी । चीनमा फैलिएको अनियन्त्रित कोरोनाले विश्वभर फेरि एकपटक त्रासको वातावरण सिर्जना गरेको छ । विश्व पहिलेदेखि नै मन्दीको खतराको सामना गरिरहेको छ र रुस–युक्रेन युद्धले समस्या थपेको छ। फेरि एक पटक कोभिडको प्रकोपले विश्वको अर्थतन्त्रका लागि संकट सिर्जना गरेको छ।

कोभिड–१९ को कहरले विश्वलाई फेरि एकपटक डराउन थालेको छ । चीनदेखि जापानसम्म यसले चहलपहल मच्चाएको छ । सामाजिक सञ्जालमा हृदयविदारक तस्विर र भिडियो भाइरल भइरहेका छन् । ओमिक्रोनको सब–भेरिएन्ट बीएफ ७ का कारण संक्रमणका रेकर्ड केसहरू सामने आइरहेका छन्।

 भारतको गुजरातमा मात्र पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ३७ हजार संक्रमित भेटिएका छन् भने १ हजार ३ सय ९६ जनाको ज्यान गएको छ । चीनको आधिकारिक तथ्याङ्क अनुसार बुधबार देशमा ३ हजार ३० नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो एक साता विश्वमा यस अवधिमा १० हजार जनाको मृत्यु भएको छ । चीनसहित अर्जेन्टिना, ब्राजिल र जापानमा संक्रमण तीव्र गतिमा बढेको छ भने अमेरिका, जर्मनी र ताइवान जस्ता देशमा नयाँ संक्रमित बढिरहेका छन् ।

चीनमा फैलिएको कोरोना भाइरसको असर देशको अर्थतन्त्रमा पनि देखिन थालेको छ । विश्व बैंकले मङ्गलबार चीनको वृद्धिदरसम्बन्धी आफ्नो पछिल्लो प्रतिवेदनमा चीनको वृद्धिदरको अनुमानलाई घटाएर २.७ प्रतिशतमा पुर्याएको छ । यसअघि जुन २०२२ मा ४.३ प्रतिशत हुने अनुमान गरिएको थियो । प्रतिशत हुने अनुमान गरिएको थियो । ६ महिनामा १.६ प्रतिशतले घटाइएको छ । यति मात्र होइन, विश्व बैंकले आगामी वर्ष २०२३ मा आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस