aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अर्जेन्टिनाको नोटमा मेस्सिको तस्बिर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
अर्जेन्टिनाको नोटमा मेस्सिको तस्बिर !

एजेन्सी। अर्जेन्टिनाको वित्तीय प्रशासकीय निकायले फिफा विश्वकप जितपछि स्टार खेलाडी लियोनल मेस्सीको तस्बिर मुद्रा नोटमा राख्ने योजना बनाएको खबर अहिले चर्चामा छ । फाइनान्सियल न्यूज पेपर एल फाइनान्सिएरोले यस सम्बन्धमा एक रिपोर्ट प्रकाशित गरेपछि यस्तो विषयले विश्वव्यापी चर्चा पाएको हो । हुन हुन त त्यहाँको बैङ्कले ‘ठट्टामा’ यस्तो प्रस्ताव गरेको सो समाचारमा उल्लेख छ । तर, विश्वकप फाइनलअघि अधिकारीहरूले यसबारे छलफल भने गरेका थिए।

एल फाइनान्सिएरोका अनुसार अर्जेन्टिनाको नियामक बैङ्कले देशले ऐतिहासिक विश्वकप जितले अवसरमा बैठक आयोजना गरेको थियो। कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराएको थियो । मेस्सीले आफ्नो करियरको अन्तिम विश्वकपमा पहिलो पटक उपाधि उचाले पछि यस्ता चर्चाले थप वैधानिकता पाएका छन् । उनले पूरै प्रतियोगितामा ७ गोल र ३ गोलका लागि सहायक बनेपछि गोल्डेन बल जितेका थिए।

लिसान्ड्रो क्लेरी, जो फुटबल क्लब बोका जुनियर्सका समर्थक र एटलेटिको इन्डिपेन्डिएन्ट क्लबका समर्थक तथा बैङ्क निर्देशक एडुआर्डो हेकर यस्तो बैंकनोटले अर्जेन्टिनामा एकताको भावना जगाउने कुरामा सहमत भए, रिपोर्टमा उल्लेख छ। पत्रिकाका अनुसार १००० पेसोको नोटमा मेस्सीको तस्बिर छाप्ने बाते चर्चा गरिएको थियो  । अधिकारीहरूले मेस्सीको जर्सी नम्बर पनि १० भएकाले नम्बर '१०' बाट सुरु गर्ने चाहना राखेका थिए। 

रिपोर्टका अनुसार, नोटको अर्कोपट्टि प्रशिक्षकलाई श्रद्धाञ्जलीको रूपमा 'ला स्कालोनेटा' (लियोनेल स्कालोनीको नेतृत्वमा रहेको टोलीको उपनाम) हुनेछ। यदि योजना अगाडि बढ्यो भने, मुद्रामा खेलकुद आइकनको चित्र देखिने यो पहिलो पटक हुनेछैन। यसअघिका सिक्काहरू सन् १९७८ मा पहिलो पटक विश्वकप विजय गर्दा र पूर्व राष्ट्रपति जुआन डोमिङ्गो पेरोनकी पत्नी इभा पेरोनको ५० औँ पुण्यतिथिको अवसरमा ल्याइएको थियो।

यो खबर सार्वजनिक भएपछि मेस्सीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । यी तस्बिरहरूमा मेस्सी १००० पेसोको नोटमा देखिएका छन् । यो तस्बिर सेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘२०२२ को विश्वकपमा मेस्सीको जितपछि उनको तस्बिर अर्जेन्टिनाको पेसो मुद्रामा राख्ने प्रस्ताव गरिएको छ । मेस्सीको तस्बिर १००० पेसोको नोटमा हुनेछ।'

प्रतिक्रिया दिनुहोस