
काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।
शनिबार कोरोना संक्रमितको संख्या शुन्य रहेको थियो भने आइतबार दुई जना नयाँ संक्रमित भएका थिए । त्यस्तै, सोमबार एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । मंगलबार भने कोरोना संक्रमितको संख्या बढेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या कम रहेको छ । यस अवधिमा २ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४३२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १४ हजार ४०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १६ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस