
काठमाडौं । विश्वविख्यात फुटबल खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका ब्राजिलियन फुटबलर पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय खेलाडीहरू मध्ये एक मानिन्छन् । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् ।
उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन् । विश्वभर उनलाई पेलेको नामले चिनिए पनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।
प्रतिक्रिया दिनुहोस