
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका उनी ती वर्षका लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका हुन् ।
उक्त क्लवले सो बापत रोनाल्डोलाई महंगो मूल्यमा सम्झौता गरेको छ । क्लवसँग उनले एक सय ७७ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा अनुभव बाढ्न उत्सुक रहेको बताएका छन् ।
‘युरोपिनय फुटबल जित्नबाट टाढा रहेको छु । यो निर्णय नै ठिक छ । मेरो अनुभव एसियामा बाढ्नेछु,’ रोनाल्डोले भनेका छन् ।
अल नासेर नौं पटक साउदी प्रो लिग च्याम्पियन भएको छ । साउदीले यो ऐतिहासिक सम्झौता भनेको छ । यो सिजनको सुरुवातमा रोनाल्डोलाई साउदी अर्को क्लब अल हिलालले तीन सय पाँच मिलियन पाउन्डमा लिने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस