aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पठाओद्वारा पशुपति घाटका लागि स्वास्थ्य सामग्री सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
पठाओद्वारा पशुपति घाटका लागि स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले उक्त सामग्री कोषका उप निर्देशक रेवती रमण अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले पशुपति क्षेत्र विकास कोषलाई करिब साढे पाँच लाख रुपैयाँ बराबरको सामान सहयोग गरेको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

दुई थान अक्सिजन कन्सनट्रेटर, १/२ लिटर ह्यान्ड स्यानिटाइजर ५ सय थान, सर्जिकल मास्क ५ हजार थान र अक्सिमिटर २ थान लगायतका सामानहरू कोषलाई सहयोग गरिएको हमालले जानकारी दिइन् ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ‘सञ्जीवनी इनिसिएटिभ’ कार्यक्रमको आयोजना गरि कोषलाई सहयोग गरेको हमालले बताइन् ।
 

प्रतिक्रिया दिनुहोस