
काठमाडौं । यस वर्षको शिशिर ऋतुमा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२३ को जनवरी ५ सम्म पाँच वटा हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएका हुन । जसबाट ६ लाख ५५ हजार ६३२ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
विभागका अनुसार चुक्यिमा हिमाल आरोहण्का लागि २ जानले अनुमति लिएका छन् । जसबाट १८ हजार २२२ रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तो अमालब्डलमका लागि ४ जनाले अनुमति लिएका छन् । उक्त हिमाल आरोहणका लागि अनुमति लिएकाहरुबाट एक लाख ५ हजार ५६० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, चोयु हिमाल आरोहणका लागि अनुमति लिएका तिन जनाबाट एक लाख ७५ हजार तीन सय रुपैयाँ रोयल्टी संकलन भएको छ । धौलागिरी हिमाल आरोहणका लागि यो सिजनमा दुई जनाले अनुमति लिएका छन् । जसबाट एक लाख १८ हजार ८९० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यसैगरी, मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ४ जनाबाट सबैभन्दाबढि दुई लाख ३७ हजार ६ सय रुपैयाँ रोयल्टी संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस