aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं । ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट सेवा प्रदायक सिजी नेटले पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले एक हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र एक हजार एक सय ५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आइपीटिभी प्रदान गर्ने जनाएको छ । 

कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् ।

ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो ।  “पहिले सेवा पछि पैसा”को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ ।  

यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गरिने गरि दुई हजार पाँच सय रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन ।   
 

प्रतिक्रिया दिनुहोस