aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

‘चन्द्रागिरि हिल्स रिसोर्ट’ लाई कटेज भन्न नमिल्ने, 'सम्झौता विपरित संरचना निर्माण भयो'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ बैशाख २०७६
‘चन्द्रागिरि हिल्स रिसोर्ट’ लाई कटेज भन्न नमिल्ने, 'सम्झौता विपरित संरचना निर्माण भयो'

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए० सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ । ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले एकै ठाउँमा ८ भन्दा बढी कंक्रिट भवन निर्माण गरेको छ ।

वातावरणविद्हरूले चन्द्रागिरिले बनाएको ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ लाई कटेज भन्न नमिल्ने बताएका छन् । लामो समय तत्कालीन वातावरण मन्त्रालयमा ईआईए महाशाखामा काम गरेका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले भने, ‘कटेज बनाउँछु भनेर ईआईए स्वीकृत गरी त्यसविपरीत संरचना बनाएको देखिन्छ, त्यो कटेज होइन टावरजस्तो संरचना भयो ।’

तत्कालीन ‘वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय’ ले २०६९ भदौ २० मा स्वीकृत गरेको ईआईए प्रतिवेदनमा चन्द्रागिरिमा वातावरणमैत्री ४० कटेज निर्माण गरिने उल्लेख छ । प्रतिवेदनमा हरेक कटेजमा ४ देखि ८ कोठा हुनेसमेत उल्लेख छ । प्रतिवेदनमै ३० देखि ४० कटेजसहितको ‘पाँचतारे इको रिसोर्ट’ तयार गरिने उल्लेख छ ।

वातावरणमैत्री कटेजमार्फत पर्यटन प्रवर्द्धन गरी अर्थोपार्जन गरिरहेका अफ्रिकी र अन्य मुलुकमा भन्दा चन्द्रागिरिले निर्माण गरेको ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ को संरचना ठीकविपरीत देखिन्छ ।

काठमाडौं फनपार्क प्रालिका नाममा ईआईए प्रतिवेदन बनाएर २०७३ जेठ १५ देखि नाम फेरेर चन्द्रागिरि हिल्स लिमिटेडमार्फत निर्माण अघि बढाइएको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा वनमन्त्री दीपक बोहराले २०६८ साउन २० मा बिनाप्रतिस्पर्धा ३६ हेक्टर वनक्षेत्र काठमाडौं फनपार्क प्रालिलाई ४० वर्षसम्मका लागि उपयोग गर्न दिने निर्णय गरेका थिए ।

कबुलियती वनका रूपमा पर्यापर्यटन र व्यवसाय सञ्चालनका लागि समुदायलाई हस्तान्तरण गरिएको सामुदायिक वन खोसी राष्ट्रिय वनसमेत थपेर उसलाई ३६ हेक्टर वन सुम्पिएको हो । कम्पनीले प्रतिहेक्टर वार्षिक ५ हजार रुपैयाँ बुझाउने गरी सरकारसँग सम्झौता भएको छ । त्यसअनुसार कम्पनीले आर्थिक वर्ष २०६८र६९ देखि दस्तुर बुझाउन थालेको छ । कान्तिपुर दैनिबबाट

प्रतिक्रिया दिनुहोस