aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईफोनमा समस्या छ ? फ्री सर्भिस क्याम्पमा जानुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ भदौ २०७६
आईफोनमा समस्या छ ? फ्री सर्भिस क्याम्पमा जानुहोस्

काठमाडौँ । एप्पल (आईफोन, म्याकबुक, आईम्याक, आईप्याड) को अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेशन्स प्रालिले एप्पलका प्रयोगकर्ताहरूका लागि ‘फ्री सर्भिस क्याम्प’ सुरु गरेको छ ।

जेनेरेशन नेक्स्टले हिजो देखि भदौ २० गतेसम्म दरबारमार्गको शेर्पा मलमा निःशुल्क सर्भिस क्याम्प सञ्चालनमा ल्याएको हो । जेनेरेशन नेक्स्टले क्याम्पका अवसरमा आफ्नो आईफोन देखाउने ग्राहकका लागि अफर पनि ज्याएको छ । 

अफरअन्तर्गत पुरानी आईफोनबाट नयाँ आईफोनमा ब्याकअप ट्रान्सफर, सफ्टवेयरसँग सम्बन्धित समस्या समाधान तथा डस्ट क्लिनिङ लगायत सेवा पाइनेछ । जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पवन भीमसरीयाले भने, ‘हामीले ग्रे आईफोनको आयातलाई रोक्न र आधिकारिक आईफोन ग्राहकलाई सुविधा दिन क्याम्प गर्न लागेका हौँ।’

क्याम्पमा आधिकारिक विक्रेताबाट किनिएका आईफोन। मात्र चेक गरिने बताउँदै उनले अवैध आईफोन बेच्नेले नेपालमा रिफर्बिस्ड गरिएको एप्पल आईफोन ल्याएर ग्राहकहरूलाई ब्रान्ड न्यू भनेर झुक्याइरहेको जानकारी दिए।

जेनेरेशन नेक्स्टले नेपाल बजारमा आईफोन सिक्सएसको ३२ जीबी स्टोरेज, आईफोन सिक्सएस प्लसको ३२ जीबी, आईफोन सेभेन प्लस ३२ जीबी र १२८ जीबी, आईफोन ८ ६४ जीबी, आईफोन ८ प्लस ६४ जीबी र २५६ जीबी, आईफोन एक्स ६४ जीबी र २५६ जीबी, आईफोन एक्सएसको सबै स्टोरेज अप्सन, आईफोन एक्सएस म्याक्सको 'सबै स्टोरेज अप्सन र आईफोन एक्सआरको सबै स्टोरेज अप्सन उपलब्ध गराएको छ।

जेनेरेशन नेक्स्टले दशैंका अवसरमा आईफोन किन्नेहरूका लागि स्क्रयाच कुपन पनि उपलब्ध गराएको छ। उक्त कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिखभित्र आईफोन किन्नेले पाउने जेनेरेशन नेक्स्टले बताएको छ।

प्रतिक्रिया दिनुहोस