aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द

काठमाडौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । 

 कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो । 

प्रतिक्रिया दिनुहोस