
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । करिब दुई घण्टाअघिदेखि यसको नेटवर्कम समस्या आएको हो । नेटवर्कमा समस्या आएको भन्दै धेरैले सामाजिक सञ्जालमा समेत उल्लेख गरेका छन् । नेपाल टेलिकमले नेटवर्कमा आएको समस्याबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ । कम्पनीको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोनसहित अन्य सेवामा समेत समस्या देखिएको छ । टेलिकमको बेवसाइट पनि खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस